-
सहनशीला शर्मा
काठमाडाैं । इटालीको लोनाटो डेल गार्दा मा ‘नेपाल टुडे: इन द फरेस्ट, इन द भिलेज’ शीर्षकको फोटो प्रदर्शनी सञ्चालन भइरहेको छ। जुन ११ देखि सुरु भएको प्रदर्शनी अगस्ट ३० सम्म चल्नेछ।
प्रदर्शनीमा नेपाली फोटोग्राफरहरू किशोर शर्मा, उमा विष्ट र सागर क्षेत्री का फोटोहरू समावेश छन्। इटालियन क्युरेटर फिलिपो माज्जा ले छनोट गरेको प्रदर्शनीले राउटे समुदाय, छाउपडी प्रथा र मधेसी पहिचानका विषयलाई उजागर गरेको छ। प्रदर्शनीलाई इटालीको संस्कृति मन्त्रालय अन्तर्गतको स्ट्राटेजिया फोटोग्राफिया २०२५ कार्यक्रमको सहयोग प्राप्त भएको छ ।


तपाईंको प्रतिकृया



