बिहीबार विदेशी मुद्राको विनिमय दर यस्तो

काठमाडौं । आज (बिहीबार)का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४५ पैसा र बिक्रीदर १९१ रुपैयाँ २० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ११ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५७ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४४ पैसा र बिक्रीदर २२ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर ४० रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

1

अर्थतन्त्रमा अपेक्षित आत्मविश्वास फर्किन सकेको छैन,अहिलेको आवश्यकता भनेको यही शिथिलतालाई झक्झकाएर आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री