ग्लोबल आईएमई बैंकका सीईओ रेग्मी निफ्रा सञ्चालक समितिको अध्यक्षमा चयन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) सञ्चालक समितिको अध्यक्षमा ग्लोबल आईएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी चयन भएका छन् । सञ्चालक समितिका अध्यक्ष अनुप अग्रवालले राजीनामा दिएसँगै ग्लोबल आईएमई बैंकका प्रतिनिधि रेग्मी अध्यक्ष चयन भएका हुन् ।

विशाल ग्रुप लिमिटेडबाट प्रतिनिधित्व गर्दै सञ्चालक तथा अध्यक्ष रहेका अनुज अग्रवालको स्थानमा उक्त कम्पनीले दीपकुमार अग्रवाललाई पठाएको छ । त्यसकारण अनुज अग्रवालले उक्त बैंकको अध्यक्षबाट राजीनामा दिएका थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री