काठमाडौं । आज (शनिबार) एसियन गेम्स महिला टि:२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले मलेसियासँग भिड्दैछ । मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।
समूह चरणको पहिलो खेलमा नेपालले चीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको थियो । नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनलमा पुगेको हो । नेपाली टोली आजको खेलमा विजयी भए फाइनलमा पुग्ने छ ।
तपाईंको प्रतिकृया



