सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने

काठमाडौं । गैरआवासीय नेपालीलाई सरकारले धितो बजारमा सहभागी गराउने भएको छ । नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशत भन्दा नबढ्नेगरी आवास क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रुपमा लिजमा लिनसक्ने व्यवस्था पनि गरिने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बताए ।

उनले भने, ‘गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउन, विदेशी लगानी स्वीकृति, लेखांकन, नाफा फिर्ता तथा पुँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्था परिमार्जन गर्नेछौँ । मुलुककी देवानी संहितामा संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता अन्तर्राष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशत भन्दा नबढ्ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रूपमा लिजमा लिन सक्ने व्यवस्था गर्नेछौँ ।’

यसैगरी सरकारले वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति अख्तियार गरेको छ । विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्ने सरकारको योजना छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री