२१ जेष्ठ २०८३, बिहीबार

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढ्याे : अध्यक्ष शर्मा

काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।  नेपाल प्रेस युनियनको विधान सभामा बोल्दै सरकारले विज्ञापन वितरणमा एकाधिकार कायम गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्रै सूचना दिने निर्णयले मिडियामाथि अंकुश लगाउने काम गरेको बताइन् ।

उनले भनिन, ‘अहिलेको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने होकी भनेर ससंकित छ पत्रकार महासंघ । वर्तमान सरकारले विज्ञापनमा एकाधिकार कायम गरेर सरकारी माध्यमलाई मात्र सूचना दिने भनेर जुन परिपत्र निर्णय गरेको छ । यो मिडियामाथि अंकुस लगाउने काम वर्तमान सरकारले सुरु गरेको छ ।’

उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि दबाब बढ्दै गएको भन्दै पत्रकारहरू पछिल्लो समय असुरक्षित महसुस गरिरहेको बताइन् । ‘लोकतन्त्रका लागि र प्रेस अभिव्यक्ति स्वतन्त्रका लागि कहिलेकाहीँ सत्तासँग र संगठित असंगठित समूहसँग हामीले लड्दै आएको अनुभव हामीले लड्दै आएको छौँ । विगत २ महिनादेखि हामी असुरक्षित महसुस गदै आएको छौँ,’ उनले भनिन् ।

शर्माले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पत्रकारहरूले विगतदेखि नै सत्ता तथा संगठित–असंगठित समूहसँग संघर्ष गर्दै आएको उल्लेख गरिन् । उनले २०६२÷६३ सालको झझल्को महसुस गरेकाे वताइन् । उनले भनिन्, ‘अभिव्यञ्जित स्वतन्त्रता कहीँ कतै बाट ६२÷६३ को आन्दोलनको झझल्को महिले महसुस गरेको छु । अहिले नबोल्ने वर्तमान सरकार छ । बोलेर केही हुन्छ जस्तो लाग्दैन् ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री