महालक्ष्मी विकास बैंकको नाफा ९४ प्रतिशत

ठमाडौं । महालक्ष्मी विसका बैंकको नाफा ९४ दशमलब ४४ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिक अवधीमा आफ्नो नाफा ३४ करोडले बढाएर ७० करोड पुर्याएको हो । अघिल्लो आवको चौथो त्रैमासिक अवधीमा बैंकले जम्मा ३६ करोड नफा कमाउन सफल भएको थियो । यति डेभलपमेन्ट बैंकसँग मर्ज भएपछि बैंकको नाफा पनि ह्वात्तै बढेको देखिन्छ ।

महालक्ष्मीले २५ अर्ब १३ करोड निक्षेप संकलन गरेर २० अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ । बैंकले २ अर्ब ७७ करोड ब्याज आम्दानी गरेको देखिन्छ भने एक अर्ब ५२ करोड ब्याज खर्च गरेको छ । बैंकको नाफामा ५५ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त भएको छ । बैंकको खराब कर्जा ४ दशमलब १४ प्रतिशतबाट घटेर ३ दशमलब ६३ प्रतिशतमा आइपुगेको छ ।

बैंकको प्रति सेयर आम्दानी २६ रुपैंयाँ ९२ पैसा छ भने प्रति सेयर नेटवर्थ १४० रुपैंयाँ ९० पैसा रहेको छ । २ अर्ब ६३ करोड चुक्ता पुँजी रहेको महालक्ष्मी विकास बैंकको जगेडा कोषमा एक अर्ब ७ करोड रुपैंयाँ रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस