‘लाइफ ड्यामेज’ प्रदर्शनमा

काठमाडाै ।  नेपाली चलचित्र  ‘लाइफ ड्यामेज’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएकाे छ । फ्राइडे रिलिजअन्तर्गत याे फिल्म  दर्शकमाझ गएकाे हाे । ‘लाइफ ड्यामेज’  ड्रामा जनरामै निर्माण गरिएको ११७ मिनेट लामो चलचित्र हो। युवा पुस्ताको मित्रता, सम्बन्ध, आधुनिक जीवनका चुनौती र भावनात्मक उतारचढावलाई हास्य–व्यंग्य शैलीमा प्रस्तुत गरिएको फिल्मले समकालीन युवाको जीवनशैलीलाई मुख्य विषय बनाएको छ ।

चलचित्रमा सुरक्षा पन्त, निमेश श्रेष्ठ, ईशा थापा र अमोघ अर्याल, नीरु खड्का लगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मको निर्देशन निमेश श्रेष्ठले गरेका हुन्। ‘लाइफ ड्यामेज’ फन रिभोलुसन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।

अत्यन्तै फरक कथावस्तु र बेग्लै शैली बोकेका यी दुई चलचित्रले दर्शकमाझ कस्तो प्रतिक्रिया पाउनेछन् भन्ने विषयमा अहिले धेरैकाे चासो बढेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री