ज्योति फाउन्डेसनद्वारा भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति वितरण: आगामी वर्षहरूमा छात्रवृत्ति कार्यक्रम अझै विस्तार गर्ने योजना

सुर्खेत । श्री ज्योति फाउन्डेसनले भूकम्प प्रभावित जिल्लाका छात्रालाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरेकाे जानकारी दिएकाे छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा रुकुम पश्चिम र जाजरकोटका १५ जना छात्रालाई तेस्रो पटक छात्रवृत्ति प्रदान गरिएकाे संस्थाले जानकारी दिएकाे छ।

भूकम्पपछि सुर्खेतमा आयोजना गरिएको सांगीतिक कार्यक्रमबाट संकलित रकमबाट फाउन्डेसनले छात्रवृत्ति वितरण सुरु गरेको वताएकाे छ। सुरुमा १५ छात्राबाट सुरु गरिएको कार्यक्रम अहिले विस्तार भएर कर्णाली प्रदेशका १० वटै जिल्लाका ३० जना छात्रासम्म पुगेको फाउन्डेसनले जनाएको छ। फाउन्डेसनकी अध्यक्ष पत्रकार ज्योति कटुवालले दिएकाे जानकारी अनुसार आगामी वर्षहरूमा छात्रवृत्ति कार्यक्रम अझै विस्तार गर्ने योजना रहेको छ।

फाउन्डेसनले छात्राहरूलाई एक वर्षका लागि आवश्यक स्टेशनरी सामग्री, झोला र विद्यालय पोशाक उपलब्ध गराउँदै आएको छ। कार्यक्रममा भेरी त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर पुनले भूकम्पले प्रभावित तथा अभिभावक गुमाएका जेहेन्दार छात्राका लागि यस्तो सहयोग निकै उपयाेगी भएकाे वताए । जनज्योति आधारभूत विद्यालय रुकुम पश्चिमकी शिक्षिका सुनिता देवकोटाले छात्रवृत्तिले विपन्न परिवारका बालिकालाई नियमित विद्यालय जान प्रेरित गरेको बताइन्। फाउण्डेसनकी  पत्रकार कटुवालले छात्राहरुलाइ सहयाेग गर्न पाउनु खुसीकाे कुरा भएकाे वताइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री