सुनसरीमा २ सय २५ केजी गाँजासहित २ जना पक्राउ परे

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजा सहित ओसार–पसारमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले गएराति विशेष सूचनाको आधारमा उक्त स्थानमा बाँसको झाकमुनी प्लास्टिकका ९ वटा बोरामा लुकाई–छिपाई राखिएको अवस्थामा २ सय २५ किलोग्राम गाँजा बरामद गरेको हो ।

सोही क्रममा बराहक्षेत्र नगरपालिका–६ का विशेष माझी र रोशन श्रेष्ठलाई को ३० प ९४७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गाँजा सहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री