काठमाडाै । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई आज पक्राउ गरेको छ ।
कम्पनीभित्र कर्मचारीलाई छुट्याइएको सेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायलाई पेश गरिएको कागजातमा फरक–फरक विवरण भेटिएको आधारमा अनुसन्धान अघि बढाइएको सीबीआइले वताएकाे छ । काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति प्राप्त भएपछि अर्याललाई काठमाडौं महानगरपालिका–२९ न्यूप्लाजाबाट पक्राउ गरिएको सीआईबीले वताएकाे छ ।
तपाईंको प्रतिकृया




