“चुनावपछि निःशुल्क स्वास्थ्य सेवा बन्द भएको भन्ने हल्ला असत्य रहेको” : डा. सुनिल शर्मा

काठमाडौं ।  सोमबार सार्वजनिक गरिएको सूचनामार्फत डा. सुनिल कुमार शर्माले चुनावपछि आर्थिक रूपमा कमजोर नागरिकलाई प्रदान गर्दै आएको छुट तथा निःशुल्क स्वास्थ्य सेवा बन्द भएको भन्ने हल्लामा सत्यता नरहेको जानकारी दिएका छन् । नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमार्फत नागरिकलाई दिइँदै आएको सेवा निरन्तर जारी रहेको उनले बताएका छन् ।

नेपाली कांग्रेसका नेता तथा उद्यमी डा. शर्माले विगतदेखि नै आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको उल्लेख गरे । समाज र राष्ट्रप्रतिको दायित्वलाई ध्यानमा राख्दै आगामी दिनहरूमा पनि यस्ता सेवा तथा सहयोगका कार्यक्रम देशभर निरन्तर जारी रहने र  चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध नरहेको उनले बताए। बजारमा फैलाइएका हल्ला वा भ्रममा नपर्न आग्रह गर्दै डा. शर्माले आवश्यक जानकारीका लागि सम्बन्धित वार्डमा रहेका संस्थासँग आबद्ध प्रतिनिधिहरूसँग सम्पर्क गरी संस्थाको नियम र विधिअनुसार सेवा लिन आग्रह गरेका छन्।

“यस्तो सेवा देशका विभिन्न स्थानमा सम्बन्धित वार्ड र जिल्लामार्फत निर्धारित प्रक्रिया तथा आधिकारिक माध्यमबाट उपलब्ध गराइँदै आएको छ। नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राख्दै सेवा पुर्‍याउने हाम्रो प्रयास निरन्तर रहेको छ,” डा. शर्माले भने।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री