६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं ।बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले  ६ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।

मंगलबार राष्ट्र बैंकले  इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल मार्फत सहभागिता जनाउन आह्वान गरेको छ । न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ । निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा र ब्याज भुक्तानी फागुन २५ गते हुने बताइएको छ । सबैभन्दा कम ब्याजदरको प्रस्तावलाई पहिलो प्राथमिकतामा राखी बाँडफाँट गरिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री