कांग्रेसकी उम्मेदवार नानुलाई समर्थनका लागि जसपा नेपालका उम्मेदवार रणबीरले लिए उम्मेदवारी फिर्ता

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले  नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गर्न उम्मेदवारी फिर्ता लिएका छन् ।

रणवीरको समर्थन सँगै कांग्रेस काठमाडौ ९ मा थप बलियो बनेको छ। आफुलाई समर्थन गरेपछि रणवीरलाई कांग्रेस उम्मेदवार नानू बाँस्तोलाले खादा लगाएर सम्मान गरिन। प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा छन्।

काठमाडौं क्षेत्र नं ९ मा ३४ वटा मतदान स्थल र ९० वटा मतदान केन्द्र रहेका छन्। राजनीतिक दलका १८ र स्वतन्त्र छ जना गरी कूल उम्मेदवार सङ्ख्या २४ जना छ। यस मध्ये २० पुरुष र चार महिला उम्मेदवार छन्। यो निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या ७८ हजार चार सय ९५ रहेकामा पुरुष मतदाता ४८ दशमलव ६९ प्रतिशत अर्थात् ३८ हजार दुई सय १७ र महिला मतदाता सङ्ख्या ५१ दशमलव ३१ प्रतिशत अर्थात् ४० हजार दुई सय ७८ रहेको छ .

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री