होली पर्वकाे अवसरमा मिलन चौतारी र मोडर्न कन्या कलेजमा फागु पूर्णिमा

काठमाडाै ।  होली पर्व नजिकिँदै गर्दा एक आपसमा आपसी प्रेम र सद्भाव कायम गरि खुसी छर्दै होलीको पूर्व सन्ध्यामा मिलन चौतारी मोडर्न कन्या कलेज बानेश्वरले शनिवार फागुपूर्णिमा मनाएको छ। सुखशान्ती र विजयकाे प्रतीक सप्तरङ्गी रङ्ग दलेर आपसी सद्द्भाव साटिएकाे छ ।

सो क्रममा शिक्षाबिद् तथा साहित्यकार डा‍. रामप्रसाद दाहालले हाम्रो सांस्कृतिक मूल्य र मान्यताको चर्चा गर्दै होलीको महत्त्व दर्शाएका थिए । गुरु प्रा‍. मुकुन्दराजले अबीर, टीका, सगुन खादा लगाइदिएर आरम्भ गरिएको कार्यक्रममा वरिष्ठ सन्चारकर्मी वेन्जु सरोज , वरिष्ठ पत्रकार कल्पना शर्मा र रमा न्याैपानेले  होलिकाको प्रसङ्गलाई जोड्दै फागु पूर्णिमाको महत्वलाइ थप प्रष्ट पारेका थिए ।

सामाजिक अभियन्ता अप्सरा थापा, समाजसेवी राधा खड्का, अभिभावक शुनिता केसीले हाेलीको अर्थमाथी थप प्रष्ट्याएका थिए । हाेली मिलन कार्यक्रममा छात्राहरू गङ्गा केसी, प्रकृति दाहाल र कल्पना कटुवालले ह्यापी होली भन्दै बिगत १९ बर्ष देखि जस्तोसुकै अवस्था पनि मोडर्न कन्या कयाम्पस मिलन चोतारीले यो रङ्गिन होnL पर्वको आयोजना गर्दै आएको चर्चा गरे। कार्यक्रमको अन्त्यमा हाम्रो निमन्त्रणा स्वीकार गरि उपस्थित सबैलाई मिलन चौतारीको तर्फबाट छात्रा गङ्गा केसीले धन्यवाद दिएकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप