Infinix नेपालले १३% सेल आउट वृद्धि गर्दै बजारमा आफ्नो उपस्थिति बनायो थप बलियो

काठमाडौं ।  सन् २०२६ को सुरुवातसँगै Infinix नेपालले सन् २०२५ मा हासिल गरेको उपलब्धिलाई गर्वका साथ सार्वजनिक गरेको छ । गत वर्ष ब्रान्डले सेल–आउटमा १३%को उल्लेखनीय वृद्धि गर्दै देशभरका बजारमा माग र खुद्रा कारोबार दुवैलाई मजबुत बनाएको छ ।

यसै क्रममा कम्पनीले उत्पादन आपूर्ति ३५%ले बढाउँदै केन्द्रीय, पश्चिमी र पूर्वी क्षेत्रसम्म आफ्नो पहुँच विस्तार गरेको छ । यसले बजारमा फोनको उपलब्धता बढाउनुका साथै बढ्दो मागलाई छिटो र प्रभावकारी रूपमा पूरा गर्न सहयोग गरेको छ । २०२५ का प्रमुख उपलब्धिहरू यसप्रकार रहेका छन्;

  •  खुद्रा बजारमा राम्रो गति – स्टोरस्तरमा बिक्री प्रक्रिया बलियो र ग्राहकसँगको सम्पर्क अझ प्रभावकारी
  •  वितरण सञ्जाल विस्तार – राष्ट्रिय तथा क्षेत्रीय वितरकहरूसँग सहकार्य थप मजबुत
  •  उपभोक्ता विश्वासमा वृद्धि – युवामैत्री, उच्च प्रदर्शन दिने स्मार्टफोनप्रति आकर्षण बढ्दो

कम्पनीको कन्ट्री म्यानेजर पियुष गिरीले भने, “Infinix नेपालको २०२५ को नतिजाले हाम्रो स्पष्ट लक्ष्य र अनुशासित कार्यशैली देखाउँछ” । “हामीले बजारमा फोन उपलब्ध गराउनु मात्रै होइन, हरेक स्टोरमा बिक्रीको गुणस्तर र बजारको मागअनुसार छिटो प्रतिक्रिया दिनेलाई पनि प्राथमिकता दिएका छौँ । यही गतिले  २०२६ का लागि बलियो आधार तयार गरेको छ ।”

सन् २०२५ भरि Infinix ले विशेष रूपमा यी क्षेत्रमा ध्यान दिएको थियो:

  • बजारमा छिटो सक्रियता
  • डिलर र रिटेल पार्टनरलाई थप सहयोग
  •  युवालाई लक्षित ब्रान्ड र उत्पादन प्रस्तुति
  •  गेमिङ र उच्च प्रदर्शन केन्द्रित स्मार्टफोन विकास

२०२६ सुरु भएसँगै Infinix नेपालले बिक्रीको गतिलाई अझ तीव्र बनाउने, बजार कभरेजलाई अझ व्यवस्थित गर्ने र नेपालका बढ्दो स्मार्टफोन प्रयोगकर्तालाई गुणस्तरीय र किफायती प्रविधि निरन्तर उपलब्ध गराउने लक्ष्य लिएको छ । “अझ स्मार्ट विस्तार, अझ बलियो कार्यान्वयन र दीगो बजार नेतृत्व” अबको Infinix नेपालकाे नीति रहेकाे छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप