आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार (हिजो) प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १८० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री