काठमाडौं निर्वाचन क्षेत्र नं. ७ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार शर्मिला फूयाँलकाे चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं ।काठमाडौं  निर्वाचन क्षेत्र नं. ७ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार शर्मिला फूयाँलले चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नम्बर ३ ठूलागाँउ बस्ने ३९ वर्षिय प्रतिनिधि सभा सदस्य स्वतन्त्र तर्फको उम्मेदवार तथा सामाजिक अभियान्ता समेत रहेका उम्मेदवार फूयाँलले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजा गरि फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्रको समग्र अवस्था र समस्यासहित देशको रानजीतिक, भौगोलिक, शिक्षा, स्वास्थ्य, वेरोजगार, आर्थिक, वातावरणीलगायत विषयलाई समेटी आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन् ।

फूयाँल प्रस्तुत चुनावी घोषणापत्रमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ का मतदाताहरु लगायत सम्पुर्ण देशवासिलाई मेरो स्वतन्त्र उम्मेदवारीमा विश्वस्त हुन आग्रह गर्दै चुनाव चिन्ह “त्रिभुज“ मा मतदान गरि अत्याधिक मतले मलाई विजयी गराउन आग्रह गरेकी छन्। उनीले दलरहित भावनावाट विमुक्त भई निसन्देह आमनागरिक मतदाताहरुलाई लचकता अपनाउन हुन अनुरोध गर्दै वर्तमानको अस्थिर बदलिँदो राजनीति पृष्ठभूमिलाई नियाल्दा राजनीतिक दलहरुप्रति आमनागरिकहरुको वितृष्णा उब्जेको र दलहरुले जनता माझ विश्वासगुमाई सकेको अवस्थामा सबल, सक्षम, शशक्त, शिक्षित, योग्य, जिम्मेवार र नैतिकवान स्वतन्त्र उम्मेदवारलाई नै वैकल्पिक नेतृत्वको रूपमा चुन्न सोत मतदातालाई आग्रह गरेकी छन् ।

फुयाँलले राजनितीक पार्टिगत वन्धन वा न संसदमा हुइप जारी हुन्छ ? न त मेरो निर्णयमा कुनै बाह्य हस्तक्षेप वा दवाव सृजना हुन्छ ? ढुक्क हुनुहोस स्थिरता, सदभाव र अखण्डको प्रतिविम्व “त्रिभुज“ चिन्हमा हजुरले दिनुभएको मत सहि सदुपयोग हुन्छ छ, खेर जाने छैन भनि मतदातालाई प्रतिवद्धता व्यक्त जनाएकी छन् । उहाँले आफू सधै जनता प्रती बढी उत्तरदायी अनि जवाफदेहि हुने भएकोले मेरो स्वतन्त्र उम्मेदवारी अनि मैले उठाएका मुद्धाहरुप्रती आमनागरिकलाई विश्वस्तहुन पनि अनुरोध गरिन् । उनले भनिन् म प्रण गर्छु कि “म आफुलाई भन्दा पनि माथी हाम्रो मातृभुमि स्वदेशको माटोलाई शिरमा सजाउँदै समग्र नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, मानविय र दिगो वातावरण विकासमा निर्वाध रुपमा योगदान पुर्याउन कटिबद्ध हुन्छु । हाम्रो देश नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, शािन्त र सुरक्षामा खलल आउन नदिन राष्ट्रिय एकता, सदभाव, भाइचारा र समुन्नतिका लागि गतिशील दुर्दर्शी नेतृत्व उत्तरदायित्व बहन गर्न प्रतिवद्ध छु। नेपाली नागरिकको आर्थिक, सामाजिक विकासरहित कल्याणको लागि देशमा विद्यामान भ्रस्टाचार, विभेद, कुरिती, वेथिती, विसङती, हिंसा, अत्याचार, भुराजनिती संकट, दमन र अराजकता विरुद्ध आवाज उठाई निर्मुल गर्न उच्च सचेतना, जागरुकता र सभ्यता अङ्गालेकोे एक नैतिकवान र जिम्मेवार मानविय संवेदनशिल, परिवर्तनशिल, गतिशील र उर्जाशिल रुपान्तरित समाज निर्माण गर्न जुनसुकै परिस्थितिमा पनि निष्ठावान बिचारको राजनिती, सुशासन, मितव्ययिता र मर्यादा कायम गर्न तत्पर प्रतिवद्धता व्यक्त गर्दछु ।

यस्ता छन् फूयालको प्रतिवद्धता तथा एजेन्डाहरु:

स्वास्थ्य क्षेत्र विकास र सुधार – लक्षित वर्गजेष्ठ नागरिक र फरक पहिचान भएका व्यक्तीहरुको निम्ति निःशुल्क घुम्ती स्वास्थ्य जाँच सेवा प्रदान गर्न पहल गर्ने। – स्वास्थ्य बीमा नितिलाई थप प्रभावकारिता बनाउने ।

– सरकारि, सामुदायिक र निजि अस्पतालमा स्वस्थ्य जाँच सेवा र शुल्कमा एकरुपता बनाउन पहल गर्ने।

– प्राथमिक स्वास्थ्य उपचार प्रशिक्षण स्थानिय टोल समुदायमा अनिवार्य गर्ने नीति अगाडि सार्ने।

– खाद्यान्नकोगुणस्तर जाँच र अनुगमनलाई तिव्र बनाउने । शिक्षा ब्यवस्था र शिक्षण संस्था सुधार – कामको साथै पढाइ शिक्षा प्रणाली नितिगत लागू गरि युवा पलायनलाई न्युनिकरण गर्न प्रयास गर्ने।

– सरकारी तथासामुदायिक विद्यालयमा शिक्षा पद्धति लागू गर्ने नितिका साथै नैतिक शिक्षा, पाक शिक्षा, योग शिक्षा, सांस्कृत शिक्षा, व्यवहारिक सीपमुलक शिक्षा, वाह्य र मनोरञ्जन गतिविधिमा नृत्य, सङीत, खेलकुद, शैक्षिक भ्रमण अनिवार्य गर्ने नीति अघि सार्ने।

– प्रत्येक सरकारी विद्यालयमा फरक पहिचान भएका ब्यक्तीहरुको लागि सुविधा सम्पन्न कक्षाकोठा, पाठ्यसामाग्री, अन्य सहायक सामग्रीहरु, उपकरणहरु लगायत अनुभवी शिक्षकहरुको नितिगत व्यवस्थाअघि सार्ने।

-अधिराज्यका सरकारि एवम् सामुदायिक बिद्यालयको मापदण्ड, स्तर, सर्तसेवासुबिधा, वजेट विनियोजन, कर्मचारी दरवन्दि, पुर्वाधार निर्माणमा एकरुपता र सजगता हुनुपर्ने । –

विद्यालयमा कर्मचारी र शिक्षक दरवन्दीमा राजनितीकोटा र दलिय भावनाबाट विमुक्त गरि दक्षता, क्षमता अनुभवको आधारमा नियुक्ति गर्न प्रभावकारी बनाउन भुमिका खेल्ने।

-प्रत्येक सरकारी विद्यालयमा वालवालिकाकोे शारिरिक मानसिक वृद्धि गर्नअनिवार्य खेलकुद मैदान  हुनुपर्ने नीति अघि सार्ने। मध्यवर्ती क्षेत्रको समस्याहरु सम्वोधन

– शिवपुरी नागर्जुन रास्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका समस्याहरुलाई प्राथमिकता दिई सम्वोधनगर्ने र समाधानकालागि नितिगत बाधा अड्चन फुकाउन वा सच्चाउन पहल गर्ने। –

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५८ संसोधन गरी जनमुखी र विकासमुखी बनाउन पहल गर्ने । –

नितिनियममाशिवपुरी नागर्जुन रास्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका जनताकोमूलको पानीमा प्रथमाधिकारहुनेव्यवस्था गरिएता पनि पुर्णरुपले कार्यान्वयन नभईसमुदायमा खानेपानिको समस्याउत्पन्न भएकोलेखानेपानि पर्याप्त मात्रामा उपलब्ध गराउनरजनताको हक अधिकार स्थापित गर्न पहल गर्ने।

– निकुञ्ज र मध्यवर्ती क्षेत्रका राजमार्गको जोखिमपुर्ण रुख कटान र व्यवस्थापनमा तिव्रतो बढाउन अग्रसर हुने। – बाँदर लगायत अन्य जंगली जनावरहरुसङ्गको मानव द्वन्द न्युनिकरण गर्ने र राहत वितरणमा निरन्तरता, एकरुपता र तिव्रता दिने।

– बाँदर लगायत जंगली वन्यजन्तुले गर्ने गरेको खेतिबाली नोक्सानीको विकल्पमा वैकल्पिककृषि खेती प्रवद्र्धन र विकास कार्यक्रमलाई प्रभावकारी बनाउने।

– जल, जङ्गल, जैविक बिबिधता,वातावरण संरक्षणर भुसंरक्षणको लागि अव्यवस्थित र अनियंत्रित जग्गा प्लानिङलाई मर्यादित बनाउनेर उपभोक्ताहरु, होटल व्यवसायहरु र विध्यालयहरुमा सचेतनामुलक कार्यक्रम वृद्धी गर्ने ।

– निकुञ्ज कार्यलयमा बित्त अनियमितता र भ्रस्टाचार रोक्न सुशासन लागू गर्न आवाज उठाउने। उद्धमशिलता विकास, पुँजि निर्माण र रोजगारि सृजना – पुँजि निर्माण वृद्धि गर्ने नीति अघि सारी रोजगारीको वातावरण सृजना गर्ने ।

– युवा, महिला र अन्य सिमान्तकृत लक्षित वर्गको सीप विकास र क्षमता अभिवृद्धीगर्दै उद्धमशिलतामा सहभागिता बढाउने। – साना तथा मझौला घरेलु, कृषि उद्धमशिलताको विकासरलगानीको वातावरणको रणनीति बनाउने ।

– धरासायी ठुला उद्धोग व्यवसायलाईसुधार गर्ने नीति अघि सारि व्युताउन प्रयास गर्नेर स्थानिय श्रम स्रोत साधनको अधिकतम उपयोग र प्रशोधन गर्ने निति अघी सारी उत्पादनमा वृद्धी गर्ने ।

– पर्यटन व्यवसायलाईऔद्योगिकरण गर्ने नीति समावेश गरि रोजगारी सृजना गर्ने र आर्थिक विकास गर्ने। खेलकुद क्षेत्र बिकास र प्रवद्र्धन -चालू राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलमैदान, प्रशिक्षण केन्द्र, प्रयोगशाला र स्टेडियमको पुर्वाधार निर्माण र व्यवस्थापनगर्ने ।

– खेलकुद क्षेत्रमा अवसर तथा प्रतिस्पर्धा सृजना गरि युवा तथा महिला सहभागिता बढाउन अग्रसर हुने।

– खेलकुद क्षेत्रलाई राजनितीक दलिय मुक्त बनाउन भुमिका खेल्ने।

– खेलकुद जगतको राष्ट्रिय तथा अन्तराष्ट्रियखेलाडिले पाउने सर्त, सेवा, सुविधामा एकरुपता कायम गर्न पहल गर्ने। कृषि क्षेत्र विकास –

कृषि उद्यमिलाई प्राथमिकता दिई स्थानिय स्रोत, साधन, उत्पादन र श्रमको सदुपयोग, उपयोगमा पहिलो पहुँचको नितिगत व्यवस्थागर्ने। –

कृषि वा पर्यटन सहकारीलाई विकास गरि कृषि उद्धमशिलता विकास गर्ने र सहुलियत कर्जामा व्यापारिकलगानीको वातावरण सिर्जना गर्ने।

– कृषक र श्रमिक समुहलाई मल, विउँविजन, कृषि औजार र उपकरणहरुको अनुदान र सहुलियत नितिलाई प्रभावकारी बनाउने।

-कृषकवर्गलाई बजार व्यवस्थापनमा सहजीकरण गर्नकालागी उत्पादित वस्तुकोे मुल्यमा एकरुपता निर्धारण गर्ने र कृषि सडक एवम यातायात सुविधामा पहुँच गराई बिचौलिया प्रणाली अन्त्य गर्न भुमिका खेल्ने।

सुचना प्रविधि र सन्चार विकास – सूचनाको हक अधिकारलाई सहि सदुपयोग गर्नसुचना प्रवाहलाई छिटोछरितो र सुविधा सम्पन्नबनाउने ।

– सुचना प्रविधि र सन्चारका समस्यालाई सम्बोधन गरीसबैमा पहुँच पुराउन पहल गर्ने। – सामाजिक सन्जाल, वेबसाईट र एप्सलाइ व्यवस्थितर मर्यादित बनाउन कोसिस गर्नेसाथै नियमनको लागि कानुन निर्माण प्रक्रिया अघि बढाउने।

–तकर, झिँजामिजा, काठ आदि व्यवस्थापनगर्ननियमसङत टेन्डर आह्वान गरि वेचविखनवावित्त कारोवार गर्न पाउने नीति अगाडि सार्ने। –

– २०८२ साल भाद्र २३ र २४ गतेको आन्दोलनमा सहिद भएका भाईबहिनीहरुको घरपरिवार र घाइतेहरुको माग र समस्यालाई प्राथमिकता दिई सम्बोधन गर्ने।

लगायत अन्य धेरै छन् ।  राष्ट्रियता,भौगोलिकअखण्डता र सार्वभौमिकतामा घात हुने असंबैधानिक ब्यवस्था, नीति तथा कानुन र नेपाल प्रथम पक्ष भएका सन्धि सम्झौता पुनरावलोकन, सुधार वा खारेज गर्न नीति निर्माणमा पहल गर्नेर भूराजनितिलाई सन्तुलन गर्दै बाह्य हस्तक्षेपको संकट शुन्य गराई नेपालमा शान्ती सुरक्षा कायम गर्न अहम् भुमिका खेल्नेघोषणा गर्दछु। विभिन्न राजनितीक सिद्धान्त,विचार, रहनसहन, भेषभुसा, भाषा, धर्म, संस्कार, अन्धविश्वास, त्रास,अत्यचाररउत्पिडनले विभाजित नेपाली मन, शरीर र आत्मालाई योग साधना ध्यान र आध्यात्मिक मार्ग चिन्तनबाट एक बनाउन एक रुपान्तरित उर्जाशील नागरिक मानव सभ्यता निर्माण गर्न कदम चाल्ने प्रतिवद्दता व्यक्त गर्दछु ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री