हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सञ्चारिका समूहको आयोजनामा सम्पन्न

काठमाडाैं । सञ्चारिका समूह नेपाल र टेवा नेपालको संयुक्त आयोजनामा निर्वाचन अवधिमा महिलामाथि हुने हिंसा न्यूनीकरण सम्बन्धी एकदिने सचेतना कार्यक्रम आयोजना भएको छ । हिंसा न्यूनीकरण, सुरक्षित तथा समावेशी सहभागिता प्रवर्द्धन तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बिहिकार उक्ता कार्यक्रम आयोजना गरिएको हो ।

ललितपुर महानगरपालिका वडा नं.१० को कार्यालयमा आयोजित उक्त कार्यक्रममा निर्वाचनका क्रममा महिलामाथि हुने विभिन्न प्रकारका हिंसा, धम्की, दबाब तथा विभेदका घटनालाई न्यूनीकरण गर्न सामुदायिक तहमा व्यापक सचेतना आवश्यक रहेकोमा जोड दिइएको थियो।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले निर्वाचन अवधिमा महिलाको सुरक्षित, सम्मानजनक र समान सहभागिता सुनिश्चित गर्न विद्यमान कानुनी व्यवस्था, निगरानी संयन्त्र तथा समुदायको भूमिकाबारे विस्तृत छलफल गरेका थिए।

कार्यक्रममा अधिवक्ताहरू सविन श्रेष्ठ र सन्तोष सिग्देल, वडा अध्यक्ष नविनमान व्यञ्जनकार तथा वडा नं। ८ र ९ का वडा सदस्यहरू र स्थानीयको उपस्थिति थियो ।लोकतान्त्रिक प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले बताईन् । आगामी दिनमा पनि महिला अधिकार र समान सहभागिताका विषयमा निरन्तर पहल गर्ने पन्थीको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री