काठमाडाै। आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन राेचक देखिएकाे छ । राजनीतिक दलका क्रियाशील नेता, पत्रकार, कलाकार, बैंकर तथा उद्यमीदेखि सामाजिक अभियन्ताहरु चुनावी दौडमा निस्किएका छन् । जेनजी आन्दोलनपछि बदलिएको मनोदशालाई प्रतिनिधित्व गर्ने दाबीका साथ उम्मेदवारहरु चुनावी दौडधुपमा छन् ।
बैंक तथा वित्तिय क्षेत्रमा लामो समय दिएका भरतराज ढकाललाई पनि चुनावी दौडधुपले व्यस्त गराएको छ । स्याङ्जा जिल्लाको क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उनी कृषि अर्थतन्त्रको सुधारलाई मुख्य लक्ष्य बनाएर मतदाता माँझ गइरहेका छन् । नीति तथा कानून निर्माण तहमा निर्भीक, इमानदार र कर्तव्यनिष्ठ नेतृत्व आवश्यक रहेको औंल्याएका उनले बैंकिङ क्षेत्रको अनुभव र उद्यमशील सोचलाई स्याङ्जाको विकासमा खर्चिने पनि भनेका छन् ।
स्याङ्जाको दुर्गम गाउँ फापरथुम जहाँ सपना देख्नै कठिन मानिन्थ्यो । त्यही माटोमा जन्मिएर हुर्किए भरतराज ढकाल । पोखराबाट आईए उत्तीर्ण गरेपछि सुन्दर भविष्यको खोजीमा उनी काठमाडौँ पुगेका हुन् । गाउँका डाँडाकाँडा, त्यहाँका जनताको पीडा र सम्भावनाले नै उनलाई निरन्तररुपमा पछ्याइरह्याे”। स्याङ्जाका बैंक तथा वित्तीय संस्थाहरू विस्थापित भई पोखरा झरेका थिए। सामान्य वित्तीय कारोबारका लागि पनि स्याङ्जाबासीले दिनभरि दुःख गरेर पोखरा धाउनुपर्ने बाध्यता थियो। त्यसलाइ ढकालले नजिकबाट नियालेका थिए ।
ढकालले वि.स.२०५६ मा स्याङ्जा सदरमुकाममा आफु प्रबन्धक भई रोयल सहकारी संस्था स्थापना गरे । यस्तै‘सहारा नेपाल’ नामक सामाजिक संस्था स्थापना गरी मुठ्ठीदान अभियानमार्फत अनाथ बालबालिकाको लालनपालन गरेर पुण्यकाे कारम गरे ।
सकारात्मक सोचका सहित उनले ०६० सालबाट सहकारीमार्फत स्याङ्जाका गाउँमा लघुवित्त कार्यक्रमकाे सुरु गरे । महिलाहरूको समूह निर्माण, साना बचत संकलन, साना कर्जा वितरण र वित्तीय जागरण अभियानहरु राम्ररी चलाए ।त्यसबेला चुनौतीलाई आत्मसात गर्दै उनले स्याङ्जा जिल्लाकै पहिलो स्थानीय बैंक खोल्ने निर्णय गरे । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने मान्यतालाई आत्मसाथ गरेका ढकाल कर्मचारीसहित घर–घर पुग्ने गर्थे। फरक कार्यशैलीकै कारण मुक्तिनाथ विकास बैंक देशव्यापी रूपमा वित्तीय जागरण र साक्षरताको अग्रणी संस्था बन्न पुग्यो । महिला उद्यमशीलतामा उल्लेखनीय योगदान दिए बापत बैंक युरोपियन माइक्रोफाइनान्स अवार्डबाट पनि सम्मानित भयो । हालसम्म बैंकले दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ ।
मुक्तिनाथ विकास बैंकले देशभर १५ लाखभन्दा बढी ग्राहकलाई सेवा, हजारौँ युवालाई प्रत्यक्ष रोजगारी र हजारौँ उद्यमीलाई वित्तीय तथा गैर–वित्तीय सेवा मार्फत सशक्त बनाइरहेको छ । उनले वि.स.२०७५ मा महिनाको लाखौँ तलब पाउने पद त्यागे र नेपालकै पहिलो कृषि मूल्य श्रृंखलामा काम गर्ने कम्पनी मुक्तिनाथ कृषि कम्पनी स्थापना गरे । कम्पनी ७ औँ वर्षमा प्रवेश गर्दै सातै प्रदेशका हजारौँ कृषकलाई व्यावसायिक कृषि परामर्श, सीप विकास तालिम, कृषि औजार, उपकरण, मलखाद उपलब्ध गराउँदै आएको छ । ढकालले ब्यक्तिगत तथा संस्थागत रुपमा स्याङ्जाका धेरै सामाजिक कार्यमा योगदान पुर्याएका छन् ।




