डिप्रोक्स लघुवित्तद्वारा देशभरका विद्यार्थीलाई छात्रवृत्ति वितरण

काठमाडाैं । डिप्रोक्स लघुवित्त  संस्था लिमिटेडले  देशभरका १५८ वटा शाखा कार्यालयको कार्यक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका जेहेन्दार र मिहिनेती विद्यार्थीहरूलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ‘डिप्रोक्स छात्रवृत्ति’ वितरण गरेको छ । दलित तथा जनजाति समुदायका छात्राहरूलाई प्राथमिकतामा राखेर प्रत्येक शाखाबाट १/१ जना विद्यार्थी छनोट गरी छात्रवृत्ति  प्रदान  गरिएको छ ।

शिक्षा क्षेत्रमा समान पहुँच विस्तार, महिला सशक्तीकरण तथा समावेशीकरण प्रवर्द्धन गर्ने उद्देश्यका साथ छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरिएको डिप्रोक्स लघुवित्तले जनाएकाे छ । विद्यार्थीहरूको  सहजतालाई समेत ध्यानमा राख्दै चेक वितरण प्रणालीमार्फत छात्रवृत्ति रकम प्रदान गरिएको हो ।  लाभान्वित विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढेको छ भने अभिभावकहरू पनि संस्थाको यस पहलबाट खुशी छन् ।

डिप्रोक्स लघुवित्तले शिक्षा, सामाजिक सशक्तीकरण र दिगो विकासका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आगामी दिनहरूमा पनि यस प्रकारका सामाजिक कार्यक्रमलाई थप अघि बढाउने प्रतिबद्धता राखेकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री