सुर्खेतमा सिटिजन्स बैंकले स्थापना गर्यो प्रदेश नं ६ को प्रादेशिक कार्यालय

सुर्खेत। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं ६ को प्रादेशिक कार्यालय  सुर्खेतमा स्थापना गरेको छ । कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटाशाखाहरु (डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड रसिमिकोट तथा सुर्खेत)बाट व्यापार विस्तारका गरेका छन् ।

कर्णाली प्रदेशमा रहेका १० जिल्ला मध्ये ५ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव ३० लाख ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।बैंकले प्रादेशिक कार्यालयहरु प्रदेश नं १ को विराटनगरमा, प्रदेश नं २ को वीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमार प्रदेश नं ५ को नेपालगंजमा, आफ्नै सुविधा सम्पन्न भवनमा स्थापना गरिसकेको छ ।

 

सिटिजन्स बैंकको ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री