७ औँ राष्ट्रिय बाल नाटक महोत्सव माघ २६ देखी

काठमाडौं । कमलपोखरी,काठमाण्डौंमा १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म रुसी सदन,आयोजना हुने भएको छ । महोत्सवमा आयोजकको बाहेक १८ वटा नाटक छनौंट भएका छन् ।

महोत्सवका लागि आएका ४१ वटा स्कृप्टबाट १७ वटा नाटक छनौंट भएका १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवका निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन् । यो महोत्सव शैली थिएटर, ओजस थिएटर र रुसी सदन, काठमाण्डौंको आयोजनामा हुन लागेको हो । महोत्सवमा छनौंट भएका नाटकहरुमा श्री महेन्द्र आदर्श मा.वि, ललितपुरको हामी एकै हौं । मेधाश्री विद्यालय काठमाण्डौंको यशस्वी भवः, हामी दाजुभाइ संस्था,ललितपुरको के यो माया हो ?, इन्टरनेसनल स्कुल धुम्रबाराही,काठमाडौंको अब उठ्नु छ, काभ्रे ईङलिस माध्यमिक विद्यालय पनौती,काभ्रेको सपनाको पुल, स्प्रीङ हिल ईङलिस बोर्डीङ स्कुल, काभ्रेको सुनको जुत्ता र प्रगति प्रभात एकेडेमी काभ्रेको आमाको आशा रहेका छन् ।

त्यसैगरि, विद्या सागर ईङलिस बोर्डीङ स्कुल,काभ्रेको फाटेको गोजी, ज्ञान ज्योति एजुकेसन फाउन्डेसन, दाङको रगतले लेखिएको सपना, मृगशिरा वोल्र्ड स्कूल,काठमाण्डौंको सेतो जुत्ता,मेरी गोल्ड स्कूल, भक्तपुरको पार्वती, होली एन्जल्स पब्लिक स्कूल, काठमाडौंको फूलको थुंगा पनि महोत्सवका लागि छनौंट भएका छन् । त्यस्तै, रिम्स स्कुल,काठमाडौंको रातो पूmल,रेड स्टार मा.वि.मोरङ्गको रात चिन्र्या भानु ,मकालु मोरङ्ग स्कुल, मोरङ्गको कमिला र फट्याङग्रो,माउण्ट हर्मन चिल्ड्रेन मोरङ्गको श्रवणकुमारको कथा, मादे स्कुल,काठमाण्डौंको लुकेको कथा र गैडाकोट ईङलिस स्कुल,गण्डकीको हजुरबा ! कथा सुनाउनुस न ! गरि १७ औं बाल राष्ट्रिय बाल नाटक महोत्सवका लागि छनौंट भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री