काठमाडाै । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आउँदो निर्वाचनका लागि दुबै पक्ष मिलेर जानुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै शेरबहादुर देउवा निकट विश्वकर्माले आउँदो निर्वाचनका लागि दुबै पक्ष मिल्नुपर्ने धारणा राखेका हुन् । उनले आधा टिकटमा देउवाले हस्ताक्षर गरेको, बाँकी आधामा सभापति गगनकुमार थापाले गरेको हुँदा त्यसलाई स्वीकारेर जानुपर्ने बताएका हुन्।
उनकाे स्टाटस यस्ताे छ
आदरणीय नेताज्यू तथा साथीहरू जय नेपाल !
हाल हाम्रो पार्टी मात्रै होईन, राष्ट्रवादी लोकतान्त्रिक राजननैतिक दलहरू संगै मुलूकको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता गंभिर मोडमा छ ! यो अवस्थावाट मुलूकलाई जोगाऊने वलियो आधार घोषित निर्वाचन हुन सक्छ भनेर निष्कर्ष निकाल्यौ ! सवैलाई आव्हान गर्यौ ! जसका कारण सवै दल निर्वाचनमा होमिएका छन ! तर मुलूकको पहिलो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने नदुखेको टाउको आफै ठोक्दै रूदै गरिरहेको छ ! यो हाम्रा लागि मात्र होईन मुलूक र लोकतान्त्रिक प्रणालीका लागि दुर्भाग्य हो ! पार्टीको नियमित महाधिवेशन हुदै थियो ! विशेष किन गर्नु परेको ?
विशेष गर्ने नै भए पार्टीले निर्णय किन नगरेको ? जवर्जस्ती आयोजना हुन लाग्दा पार्टीले अपनत्व र वैधानिकता दिन किन नमानेको ? नीति महाधिवेशन मात्र हो भनेर फेरि नेतृत्व भंग र चयनमा किन प्रवेश गरेको ? आदी ईत्यादी यस्तै विषयले कांग्रेस अहिले विवादै विवादले थलिएर उड्नु पर्ने दौडन सकेको छैन ! दौडन पर्ने हिड्न सकेको छैन ! हिड्न पर्ने घस्रन सकेको छैन ! विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियता संग मेरो पनि विमति छ ! यसका वारेमा आयोग र अदालतमा हाम्रा विमतिहरू दर्ज भएर विचाराधिन छन ! तर प्रक्रियमा काफि विमतिका वाव्जुत पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरि हाम्रा विचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ ! यसका लागि न विशेष महाधिवेशनवाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय, नत चौधौ महाधिवेशन वाट निर्वाचित सभापति देउवाको एकल निर्णयवाट आसन्न निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्छ ! केवल सवैको साझा सहमति प्रयास र उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छ ! तसर्थ विवाद अव आयोग मात्रै होईन अदालत पुगिसक्यो !
अव झगडा अदालतमा छौडौ ! परिणाम जे आउछ मान्न तयार वनौ ! हिजो भाद्र २४ मा घर छोड्न तयार भयौ ज्यानका लागि आज घमण्ड त्यागन तयार वनौ पार्टीका लागि ! झगडिया अरू कोही होईन हामी एकाघरका हौ ! हिजो भाद्र २४ को ऊपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराऊन सक्छ ! हिजो उम्मेदवारको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने विवाद थियो ! आधामा देउवाले गर्नु भयो ! वांकीमा अव गगनले गर्नु हुन्छ ! सवैको सहमतिमा ऊम्मेद्वार चयन गरौ ! उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण वनाऔ !
यसका लागि देउवा , गगन, पूर्णवहादुर, शेखर एकठाउमा अहिलै वस्नुस ! घेरावन्दीवाट वाहिर आउनुहोस र निर्णय गर्नुहोस ! त्यसैले वीपी, सूवर्ण, गणेशमान, किसूनजीले वनाएको, गिरीजा प्रसाद, सुशील र शेरवहादुरले हांकेको ऐतिहासिक पार्टी नेपाली कांग्रेसका साथीहरूले उत्साह, उमंग र एकताका साथ भन्नेछन “ हिजो पनि रूख, आज पनि रूख, भोली पनि रूख” भोट के मा रूखमा ! नेपाली कांग्रेस जिन्दावाद !! जयनेपाल !!!!!




