जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरिएको छ । आईतबार बेलुका जनकपुरधाम आइपुगेका बालेनलाई समर्थकहरुले विमानस्थलमै पुगि भव्य स्वागत गरेका छन् ।
बालेनलाई स्वागत गर्न पुगेको भीडलाई व्यवस्थापन गर्न नसक्दा विमानस्थल बाहिर निस्कने सिसाको ढोका फुटेको छ । बालेन भोली (सोमबार) जनकपुरधाममा आयोजना हुन लागेको परिवर्तनको उद्घोष सभामा सहभागी हुन आएका हुन । भोली हुने सभामा बालेनसहित, रवि लामिछाने र डि.पि अर्यालसहित १२ जना वक्ताहरुको सहभागीता हुने जनाइएको छ ।
तपाईंको प्रतिकृया




