कांग्रेस विशेष महाधिवेशन : वार्ता चलिरहेकै बेला सुरु भयो मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित भएको थियो । बिहानदेखि फेरि निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

विशेष महाधिवेशन र संस्थापन पक्षबीच रातभर भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको विशेष महाधिवेशन पक्षधर नेताहरुले बताएका छन् । वार्ता अहिले पनि जारी छ ।

निर्वाचन समितिले निर्वाचन कार्यतालिका परिवर्तन गर्दै प्रक्रिया अघि बढाएको हो । सुरुमा प्रकाशित तालिका अनुसार मनोनयन दर्ताको समय मंगलबार नै सकिएको थियो । त्यसलाई परिमार्जन गरी बिहानदेखि पुन: मनोनयन दर्ताको काम सुरु गरिएको छ ।

आज बिहान पनि दुई पक्षबीच वार्ता जारी नै छ ।

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री