विष्णु पन्थीलाई ‘कमला कार्की स्मृति प्रतिष्ठान’ काे सम्मान

काठमाडाै । नेपाली सञ्चार क्षेत्रमा एउटा समय यस्तो थियो, जहाँ क्यामराको गह्रौँ भारी बोक्नु पुरुषको काम मानिन्थ्यो। समयसँगै ती सबै स्थापित मान्यता र लैङ्गिक पर्खालहरूलाई भत्काउँदै नेपाल टेलिभिजनको इतिहासमै पहिलो महिला छायाकार (Camera Person) को रूपमा उदाइन्—विष्णु पन्थी।

साहसी र प्रेरणादायी छायाकार पन्थीलाई आइतबार ‘कमला कार्की स्मृति प्रतिष्ठान’ ले आफ्नो १०औँ स्मृति दिवसको अवसरमा सम्मान गरेको छ। चन्द्रागिरिको नैकापस्थित ब्राइट फ्युचर विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा उनलाई छायांकनको माध्यमबाट समाजलाई देखाएको नयाँ दृष्टिको कदर गर्दै सम्मानपत्र र ताम्रपत्र प्रदान गरिएका्े थियाे ।

संघर्षदेखि सम्मानसम्म: कार्यक्रममा बोल्दै पन्थीले आफ्ना सुरुवाती दिनहरू सम्झना गरिन्। उनले भनिन्, “जतिबेला मैले एनटिभीमा क्यामरा समातेकी थिएँ, धेरैका लागि त्यो आश्चर्यको थियो। तर आज यही क्यामरा मेरो पहिचान बनेको छ। यो सम्मानले मलाई मात्र होइन, प्राविधिक क्षेत्रमा आउन चाहने हरेक छोरीलाई सपना देख्ने हिम्मत दिएको छ।”

प्रतिष्ठानका अध्यक्ष मोहन कुमार कार्कीले विष्णु पन्थीको योगदान केवल एउटा कर्मचारीको रूपमा मात्र नभई, नेपाली सञ्चार क्षेत्रमा महिला सशक्तिकरणको एउटा बलियो खम्बाको रूपमा रहेको वताए । कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट व्यक्तित्वहरूले पनि पन्थीको व्यावसायिक निष्ठाको प्रशंसा गर्दै, राज्यका हरेक प्राविधिक क्षेत्रमा महिलाको नेतृत्व आवश्यक रहेकोमा जोड दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री