टिक्मो (Tiqmo)मार्फत आइएमई गर्दा उपहारहरु जित्ने अवसर

काठमाडौँ, पौष २८ ।  नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले Tiqmo मार्फत आइएमई गरौ, उपहार जितौं योजना सार्वजनिक गरेको छ । यहि पौष २१ देखि चैत्र १७ सम्म सन्चालन मा रहने यो अभियान अन्तर्गत
साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो (Tiqmo) एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको छ ।

टिक्मो (Tiqmo) एप मार्फत साउदी अरवबाट आइएमई गरि नेपाल पैसा पठाउँदा मेगा पुरष्कार अन्तर्गत एकजना भाग्यशाली विजेताले BYD Atto 1 EV प्राप्त गर्न सक्नेछन् भने मासिक दुईजना भाग्यशाली विजेताले Yadea Owin EV स्कुटर जित्न सक्नेछन् साथै साप्ताहिक विजेता अन्तर्गत १२ भाग्यशाली विजेताले iPhone 17 जित्न सक्नेछन् । Tiqmo को यो उत्सवमा सामेल भएर कुल १५ जना भाग्यशाली ब्यक्ति लावान्भित हुनेछन् भने विजेताहरु पारदर्शी डिजिटल लक्की ड्र मार्फत छनोट गरिनेछ ।

वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरुले आफुले कमाएको पैसा सुरक्षित रुपमा नेपालमा रहेका आफ्ना आफन्तको हातमा पठाउने गरेका छन् । पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिदै गएको छ । वैदेशिक

रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्राउने मात्रै नभएर अवसरको सदुप्रयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आइएमईले प्रदान गरेको छ । Tiqmo मुख्यतया साउदी अरेबियामा प्रयोग हुने एक डिजिटल वालेट एप हो, जुन विशेष गरी पैसा पठाउन र अनलाइन भुक्तानीका लागि लोकप्रिय छ। यसका मुख्य विशेषताहरू अन्तर्राष्ट्रिय रकम ट्रान्सफर, डिजिटल रकम भुक्तानी कार्ड, बिल भुक्तानी इत्यादि हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री