नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा युनियन–पे कार्ड सेवा सुरु

काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गका लागि NIMB युनियन–पे कार्ड सेवा सुरु गरेको छ। ग्राहकहरूलाई आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित बैंकले उक्त कार्ड सेवाको औपचारिक शुभारम्भ गरेको हो।

युनियन–पे कार्ड सेवाको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। नवीन सुविधायुक्त NIMB युनियन–पे कार्डमार्फत ग्राहकहरूले देशभित्र तथा विदेशमा सहज रूपमा कारोबार गर्न सक्नेछन्। विश्वभरका लाखौँ व्यापारिक केन्द्र तथा एटीएममा स्वीकार्य यस कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षित बनाउने विश्वास बैंकले लिएको छ।

कार्डको औपचारिक शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अभियान अन्तर्गत स्वदेशी तथा अन्तर्राष्ट्रिय दुवै प्रकारका NIMB युनियन–पे कार्डमा पाँच  वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ। सीमित अवधिका लागि उपलब्ध यस आकर्षक अफरमार्फत ग्राहकहरूले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन्। इच्छुक ग्राहकहरूलाई समयमै आवेदन दिन बैंकले अनुरोध गरेको छ।

यस कार्ड सेवाको शुभारम्भसँगै NIMB बैंकले डिजिटल बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउँदै ग्राहकहरूलाई कार्ड–आधारित कारोबारमा बढी विकल्प, सहजता र सुरक्षा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। आगामी दिनहरूमा पनि नवीन तथा ग्राहक–मैत्री वित्तीय सेवाहरू निरन्तर प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

हाल बैंकले देशभर २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर तथा ६० शाखारहित बैंकिङ सेवा केन्द्रमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री