काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने प्रतिबद्धता कायम राख्दै MBL स्मार्ट लोन सेवा अब QR मर्चेन्टसम्म विस्तार गरेको छ। विभिन्न नेटवर्कमा आबद्ध QR मर्चेन्टहरूलाई लक्षित गर्दै बैंकले QR Merchant–MBL Smart Loan सेवाको सुरुवात गरेको हो।
डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै छिटो, सरल र प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले QR मर्चेन्टहरूको वित्तीय आवश्यकतालाई मध्यनजर गर्दै उक्त कर्जा सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यस सेवामार्फत स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायीहरूले बिना धितो, सहज र सरल प्रक्रियामार्फत MBL M-Smart एप प्रयोग गरी कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। डिजिटल माध्यमबाटै कर्जा स्वीकृति हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति अझ सहज, पारदर्शी र प्रभावकारी हुने विश्वास बैंकले लिएको छ।
स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन प्रतिबद्ध माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्ने गरी सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ। बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टर सहित कुल २०४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ। साथै, १९९ एटीएम मार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधियुक्त सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।




