काठमाडाैं । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने प्रक्रियाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ। सो सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडबीच बिहीबार सम्झौता सम्पन्न भएको छ।
हाल कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अपर देउमाई खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
तपाईंको प्रतिकृया




