आमरण अनशनमा रहेका डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या

काठमाडौं ।  आमरण अनशन बसेका डा. निकोलस भुसाललाई वीर अस्पताल लगिएको छ । काठमाडौंको माइतीघरमा ९ दिनदेखि अनशन बसेका भुसालको स्वास्थ्यमा समस्या भएपछि उनलाई आज उपचारका लागि वीर अस्पताल लगिएको हो ।भुसाललाई केही दिनअघिदेखि जीउ सुन्निने, रिंगटा लाग्ने जस्ता समस्या देखिएकाे थियो ।

उनले जेन–जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेन–जी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका हुन् ।
त्यस्तै, संविधान संशोधन गरी विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश र राष्ट्रिय सभा खारेज तथा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामासमेत उनको माग छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री