काठमाडाैं। हायात प्लेस बुटवलद्वारा वर्षअन्त्यकाे सन्देश सम्बन्धी प्रेस वक्तव्य सार्वजनिक गरिएकाे छ । वक्तव्यमा सन् २०२५ लाई भव्य रूपमा बिदा गर्दै गर्दा, हायात प्लेस बुटवलले दुई महिनामै पाएको सकारात्मक प्रतिक्रिया र मायाप्रति कृतज्ञता व्यक्त गरिएको छ। उक्त वक्तव्यमा बुटवललाई उदाउँदै गरेको पर्यटकीय गन्तव्यका रूपमा प्रस्तुत गरिएको छ जहाँ उक्त लोकेसनलाई प्रकृति, आध्यात्मिक मार्ग र साहसिक अनुभवको संगम रहेको र निकै रुचाइएको बताइएकाे छ।
वक्तव्यमा पवित्र धार्मिक स्थलहरू, प्राकृतिक सौन्दर्य र नयाँ पर्यटकीय अनुभवहरूको केन्द्रविन्दुको रूपमा रहेको बुटवलले अहिलेका यात्रुहरूको चाहनालाई पूर्ण रूपमा समेटेको जनाइएकाे छ। काठमाडौँबाट छोटो हवाई दुरी तथा पोखरा, चितवन र लुम्बिनी जस्ता प्रमुख सहरहरूबाट पनि सहज यात्राको दुरीमा रहेकोले, यात्रा र गन्तव्यको बीचको संगम स्थल (The Place inbetween) बन्न पाएकोमा उत्साहित रहेकाे हायात प्लेस बुटवलद्वारा व्यक्त गरिएकाे छ। आराम र अर्थपूर्ण अनुभवको खोजीमा रहनुभएका सम्पूर्ण यात्रुहरूका लागि हायात प्लेस बुटवल सधैं पहिलो रोजाइको गन्तव्य बन्न आतुर रहेकाे बताइएकाे छ।




