काठमाडौं। मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड सम्मानित भएको छ । आर्थिक वर्ष २०८१ \८२ मा विकास बैंकहरुमध्य सबैभन्दा बढी डिजिटल तथा QR कारोबार गरे वापत बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
काठमाडौमा आयोजित उक्त कार्यक्रमम विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले अर्वाड ग्रहण गरेका थिए । समायानुकुल नविनतम डिजिटल बैंकिङ्ग सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन गरिमा विकास बैंक अग्रसर रहेको र उक्त अवार्डले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विकास बैंक भदाैमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरेको ईर्मजिङ एशिया कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो । हाल, गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएका साथै नविनतम डिजिटल बैकिङ्ग मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।




