सभामुख चयनका लागि मधेस प्रदेशमा आज निर्वाचन हुँदै

काठमाडौं । आज मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि निर्वाचन हुँदैछ । आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्ने कार्यतालिका रहेकाे छ ।

मधेस प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ जस अन्तर्गत सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।

यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक छन्। त्रिलोकी समर्थकमा भने जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री