परिमार्जन भएका पुस्तकहरु चौरासी सालदेखि कार्यान्वयनमा लगिने : पौडेल

काठमाडाै । पाठयक्रम विकास केन्द्रका महानिर्देशक यूवराज पौडेलले कक्षा ५, ८, र १० को सामाजिक विषयको पुस्तक परिमार्जन गर्ने काम शुरु भइसकेको जानकारी दिएका छन । सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहले राजधानीमा गरेको बालबालिका पाठयक्रम र पाठयपुस्तक विचको तादम्यता विषयक अन्तक्रियामा बोल्दै उनीले परिमार्जन भएका यी पुस्तकहरु चौरासी सालदेखि कार्यान्वयनमा लगिने समेत जानकारी दिए।
पाठयपुस्तक लेखिदा सरोकारवालाहरुसँग छलफल गरिनुका साथै लेखकहरुलाई अभिमुखीकरण गरिने र विवीधता विच एकता खोजिने गरेको तर्क उनकाे थियो । पाठयपुस्तक लेखिंदा राष्ट्रियताको भाव बढोत्तरी गर्न नागरिकको भूमिका तथा असल समाज निर्माण जस्ता विषयनै ध्यान दिइने गरेको समेत वताए । कार्यक्रममा,शिक्षा पत्रकार समूहका तर्फबाट, अहिले विद्यार्थीले पढदै गरेको पाठयपुस्तकहरुको अध्ययन गरि पुस्तकहरु बालबालिका मैत्री छन् की छैनन्, पाठयपुस्तकमा भएका विषयवस्तुहरु लैंगिकमैत्री छन् की छैनन् , अपांगता तथा यौनिक अल्पसंख्यक समूदायलाई कसरी सम्वोधन गरिएको छ साथै भाषाको प्रयोग कसरी गरिएको छ भनेर शुक्ष्म अध्ययन गरि प्रस्तुतीकरण गरिएको थियो ।
 कार्यक्रममा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाज बहुलबादी समाज भएकाले समाजको प्रतिनिधीत्व कक्षा कोठा हुने गरेको र पाठयसामग्री बनाइँदा दक्षता र विज्ञता भएका व्यक्तिबाट नै  विभिन्न चरण पार गरेर बनाइने जानकारी दिए । पाठयपुस्तकका हरेक पाठलाइ समावेशीकरण गर्ने प्रयास गरिएको धारणा उनकाे थियो ।
सेभ द चिल्ड्रेनका सिनीयर प्रोग्राम डेपलफेन्ट एण्ड क्वालीटी एडभाइजर डाक्टर लक्ष्मी पौडेलले पाठयक्रम र पाठयपुस्तक विच रहेको खाडलको चर्चा गदै कार्यान्वन तहमा पनि समस्या रहेको बताए। साथै पाठयपुस्तकले विद्यालय र घरलाई जोड्न नसकेको तर्क उनको थियो । पाठयपुस्तकमा भएका ज्ञाप पूरा गर्न त्यसकाे परिपूरक पाठ्य सामग्री बनाउन सकिने धारणा समेत उनीले राखे ।
 शिक्षाविद् डाक्टर विद्यानाथ कोइरालले पाठयक्रम र पाठयपुस्तक दुबै परिवर्तन गर्न सकिने भएकाले पाठयपुस्तक बनाउनु अघि समाजमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तीहरुको सूची तयार पारिनुपर्ने बताए ।
शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले समूहगत छलफलबाट आएका सुझावहरुलाई  पाठयसामग्री बनाउदा उपयोगी बन्न सक्ने भएकाले सहभागीहरुको सुझाव सहितको प्रतिवेदन पाठयक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुझाइने प्रतिवद्धता व्यक्त गरे ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री