बिहान ८ बजेदेखि तय भएको मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा उपस्थित हुन थाले

काठमाडाै । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुने चरणमा छ। बिहान ८ बजेदेखि तय भएको मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा उपस्थित हुँदैछन्। मतदानस्थल भने परिवर्तन भएको छ।

भृकुटीमण्डपको हल बुधबारका लागि अरूले नै भाडामा बुकिङ गरिसकेको हुनाले एमालेले बन्द सत्र भएकै स्थानमा मतदान गर्ने भएको छ।

अहिले मतदानका लागि प्रतिनिधिहरू लाइन बस्दैछन । एमालेको जारी महाधिवेशनका लागि २ हजार २६२ जना प्रतिनिधि चुनिएका छन्।

यसपालि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ। मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५-४० मिनेट लाग्नेछ।

मतदान सकिएलगत्तै मतगणना सुरू हुनेछ। विद्युतीय मतदान भएकाले मतदान सकिएको कम्तिमा २ घन्टामा परिणाम सार्वजनिक हुने वताइएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री