सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडाै । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २२ सय रुपैयाँले बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सुन तोलाको २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार ८२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघले आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २१ हजार ८८०रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार २८० रुपैयाँमा कारोबार भईरहेको वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री