काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले २७औं वार्षिक साधारणसभा बोलाएको जानकारी दिएकाे छ । मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २० गते भैरहवामा बस्नेगरी साधारणसभा बोलाएको हो । साधारणसभा भैरहवामा रहेको सिद्धार्थ भिलासा होटलमा बस्ने भएको छ ।
साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, सोही अवधिको लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू अनुमोदन गर्ने प्रस्ताव रहेका छन्।
कम्पनी ऐनको दफा ७४ बमोजिमको प्रतिवेदन प्रस्तुत गर्ने, सञ्चालक समितिको प्रस्तावअनुसार शेयरधनीलाई नगद लाभांश वितरण गर्ने विषयमा छलफल तथा पारित गर्ने एजेन्डा पनि सभामा समेटिएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्तावसमेत साधारणसभामा पेश गरिनेछ। कम्पनीले सम्पूर्ण शेयरधनीहरूलाई साधारणसभामा उपस्थित भई प्रस्तावहरूमा सहभागिता जनाउन आग्रह गरेको छ।




