एनआईसी एशिया बैंकका ग्राहकलाई प्यान र इमेल अद्यावधिक गर्न आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले सबै ग्राहकलाई स्थायी लेखा नम्बर (पान) र इमेल ठेगाना आफ्नो खातामा तत्काल अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका अनुसार आयकर ऐन–२०५८ बमोजिम खातामा भएका सबै करकट्टीको विवरण सरकारद्वारा सञ्चालित पान प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने भएकाले पान र इमेल ठेगाना आफ्नो खातामा तत्काल अद्यावधिक गर्न आग्रह गरेको हो ।

बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको पान अपडेट विकल्पमार्फत छिटो–छरितो रूपमा अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ । नजिकैको कुनैपनि शाखामा गएर पनि प्यान अपडेटको निवेदन दिन सकिन्छ। बैंकले जनाएको अनुसार निक्षेपकर्ताको ब्याजमा काटिएको करलाई ईटीडीएस रेकर्डमा देखाउन पान अत्यावश्यक हुन्छ । पान अद्यावधिक गरेपछि ग्राहकको करकट्टी विवरण स्वचालित रूपमा आयकर प्रणालीको अनुसूची १० मा मिलान हुन्छ, जसले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सजिलै प्राप्त गर्न सहायता गर्छ र प्रमाणपत्र लिन बैंक धाउनु पर्ने झन्झट समाप्त हुन्छ ।

बैंकले पान नम्बर अद्यावधिक नगरे त्यसपछिको परिस्थितिमा आफू जिम्मेवार नहुने पनि चेतावनी दिएको छ । यदि पहिले नै पान बुझाएको भए पनि विवरण नदेखिएको वा इमेल ठेगाना अद्यावधिक नभएको अवस्थामा नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गर्न सकिने पनि बैंकले वताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री