काठमाडौं । महालक्ष्मी विकास बैंक ‘बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट’ विधामा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतको नयाँ दिल्लीमा डिसेम्बर ७, २०२५ मा आयोजित समारोहमार्फत बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । समारोहमा प्रदान गरिएको क्षेत्रीय स्तरको अन्तराष्ट्रिय अवार्ड बैंकले हालका वर्षहरूमा गरेको डिजिटल सुधार, ग्राहकमैत्री सेवा, संस्थागत सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता तथा ब्रान्ड प्रतिष्ठा अभिवृद्धिका आधारमा दिएको जनाइएको छ । बैंकका वरिष्ठ अधिकृतहरूले महालक्ष्मी विकास बैंकको तर्फबाट सम्मान ग्रहण गरेका थिए ।
बैंकले पछिल्लो समय सीमा–पार वित्तीय सेवा सुगमनमा महत्वपूर्ण भूमिका खेलेको जानकारी दिएकाे छ । विशेषगरी भारत नेपाल भुक्तानी प्रणाली सहज बनाउन गरेको सहयोगका कारण पनि यो अवार्ड महत्वपूर्ण भएको बैंकले भनेकाे छ । अवार्डले दुइ देशबीचको बैंकिङ सम्बन्ध मजबुत बनाउन, व्यापार तथा रेमिटेन्स प्रवाह वृद्धि गर्न थप मद्दत गर्ने बैंकको विश्वास छ । यसअघि पनि बैंक इन्डियन चेम्बर अफ कमर्सद्वारा प्रदान गरिने प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेको छ, जसले अन्तराष्ट्रिय स्तरमा बैंकको उपस्थिति र विश्वसनीयता बढाउन महत्त्वपूर्ण योगदान पुर्याएको थियो । महालक्ष्मी विकास बैंकले निरन्तर सेवा विस्तार, ग्राहक विश्वास अभिवृद्धि तथा नवप्रवर्तनमार्फत बैंकिङ यात्रालाई थप सबल बनाइरहेको जनाएको छ ।




