काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संथागत मुद्दती निक्षेपमा पनि व्यक्तिगत मुद्दती निक्षेप सरह ब्याजदर दिन पाउने भएका हुन् । सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था गर्ने घोषणा गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपकर्तालाई व्यक्तिगत निक्षेपकर्ताको भन्दा मुद्दती निक्षेपमा १ प्रतिशत बिन्दुले कम ब्याजदर दिनुपर्ने व्यवस्था रहेकाे थियो । मौद्रिक नीति समीक्षामार्फत केन्द्रीय बैंकले त्यसलाई खारेज गर्ने घोषणा गरेको हो ।
तपाईंको प्रतिकृया




