विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमको लगातार चौंथो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको पहिलो खेलमा विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई सात विकेटले पराजित गरेको हो ।

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदुरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आजको जितसँगै शीर्ष स्थान (आठ अंक जोडेर) सुदूरपश्चिम प्लेअफ नजिक समेत पुगेको छ । सुदूरपश्चिम अब बाँकी ३ मध्ये १ खेल जिते प्लेअफ पुग्नेछ । पहिलो खेलमा जित हात पार्दै सानदार सुरुवात गरेको लुम्बिनीको यो लगातार तेस्रो हार हो ।

चार खेलबाट उसले जम्मा २ अंक मात्र जोडेको छ । उसको प्लेअफ सम्भावना करिव अन्त्य भएको छ । सुदूरपश्चिमका लागि विकेटकिपर विनोदले अविजति ६९ रन बनाए । उनले ४९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । यस सिजनमा भण्डारीको यो पहिलो अर्धशतक हो । यस्तै आरिफ शेखले ३७ बलमा ४ चौका र एक छक्का मदतमा ३९ रन बनाए । क्रिकेट लिनले १९ रन योगदान गरे भने जोश ब्राउन ९ रनमा आउट भए । बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले एकएक विकेट लिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप