युएई (United Arab Emirates) ले केहि समय रोकिएको भिजिट भिसा र कामदार भिसा पुन: खोल्ने निर्णय गरेको छ । जसका लागि युएईले केही नयाँ सर्तहरु अनिवार्य गरेको छ ।काठमाडौ स्थित युएई दूतावासका अनुसार, आवेदनकर्ताको नेपाल प्रहरीको ‘अपराध रहित रिपोर्ट’ अर्थात ‘चरित्र प्रमाणपत्र’ हुनु आवश्यक छ । यो सर्त नेपालबाट जाने सबै प्रकारका भिसामा लागू हुने भनिएको छ । जेन-जि आन्दोलनपछि युएईले केही समय नेपालको भिसा प्रक्रियालाइ अस्थाई रुपमा निलम्बन गरिएको थियो भने अहिले भिसा प्रक्रिया पुन: सुचारु भएको छ ।
विभिन्न देशहरू मध्य युएई पनि नेपाली आप्रवासी कामदारहरुको प्रमुख गन्तव्य हो । आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १,७०,५९३ नेपाली विदेश बाहिरिएको तथ्यांक वैदेशिक रोजगार विभाग (DoFE) ले दिएको थियो । ती मध्य श्रावण महिनामा मात्र १७,५४१ जना युएई गएको DoFE को तथ्यांकले देखाउँछ । भिसा रोकिएको समयमा भिसा स्वीकृत भएका लगभग ५,००० नेपाली कामदार युएई जान बञ्चित भएका थिए ।




