काठमाडाै । प्रतिनिधिसभाकाे २१ फागुनमा हुने निर्वाचनमा भाग लिन एमालेले मंगलबार निर्वाचन आयाेगमा निवेदन दिएकाे छ । दल दर्ताका लागि केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी र केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्य आयोग पुगेका थिए ।
एमालेले दल दर्ताका लागि निवेदन दिएकाे आयाेगले जानकारी दिएकाे छ । आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको जनाएकाे छ।
तपाईंको प्रतिकृया




