ग्रान्डी अस्पतालको लापरवाहीको कारण एक बालिकाको मृत्यु

काठमाडौं । राजधानीको धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा एक बालिकाको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीको आरोप लगाएका छन् । विरामीको आफन्तले   अरु विरामीको रिपोर्टको आधारमा गलत औषधीको प्रयोग गर्दा बालिकाको मृत्यु भएको आरोप लगाएका हुन । तेह्र बर्षिया कञ्चन बुढाको बुधबार उपचारका क्रममा निधन भएको हो ।मृतक कञ्चनको एक्सरे रिपोर्टमा निमोनियाकी विरामी सन्ध्या उप्रेतीको एक्सरे रिपोर्ट फेला परेपछि चिकित्सकले उपचारमा त्रुटि भएको प्रमाणित भएको आफन्तको दावि छ । अस्पताल प्रशासनले भने घटनाको बारेमा कुनै प्रतिक्रिया दिएको छैन

बारेमा news

यॊ पनि हेर्नुहॊस

राजदूत सिफारिस लम्साल र यादवविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई जना राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds