सामसङले ल्यायो विदेशमा आफ्नासँग दशैं मनाउने मौका

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले हालै ‘उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग’ योजना प्रस्तुत गरेको छ ।

विभिन्न कारणले गर्दा विदेशमा रहेका दशैंमा स्वदेश आई आफ्नो परिवारसँग दशैं मनाउन नपाउने बाध्यतालाई मध्यनजर गर्दै आफन्त स्वयम् नै विदेशमा गई आफ्नासँग दशैं मनाउन पाऊन् भनी यो योजना प्रस्तुत गरिएको कम्पनीले बताएको छ । यो योजना यही साउन ८ गतेदेखि साउन ३० गतेसम्म मात्र लागू गरिएको छ ।

योजनामा सहभागी हुन योजना अवधिभर सामसङ आउटलेटहरुबाट कुनै पनि सामसङ स्मार्ट फोन खरिद गर्नु पर्नेछ । आफूले खरिद गरेकै आउटलेटबाट फारम लिनु पर्नेछ र त्यो फारममा आवश्यक विवरण भरी “विदेशमा कसलाई र किन भेट्न चाहनुहुन्छ”भन्ने आफ्नो मनको भावना पोखी आफ्नो कथा लेख्नुपर्छ ।

कथा लेख्दा दिइएको स्थानमा नअटाएमा अतिरिक्त १ पाना पनि थप्न सकिने कम्पनीले बताएको छ । यसलाई सोही स्थानमा राखिएको ड्रप बक्समा खसाल्नु पर्छ।

प्राप्त कथाहरु मध्येबाट उत्कृष्ट ५ छनौट गरी ४ दिन ३ रातको मलेसिया, कतार, साउदी अरेबिया, युएइ वा दक्षिण कोरियामा गई आफ्ना सँगसँगै दशैं मनाउने अवसर पाउनेछन् । विजयीले आफूसँगै विदेश यात्रामा परिवारका एक सदस्यलाई पनि लैजान पाउनेछन् ।

योजना समाप्त भएको ७ दिन पछि भदौ ५ गते नजिता प्रकाशित गरिने छ । सहभागीहरुको कथालाई छनौट गर्ने जिम्मा विभिन्न क्षेत्रमा स्थापित भएका व्यक्तित्वलाई दिइने कम्पनीले बताएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनसेलको स्पष्टोक्ती- इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको छैन

काठमाडौँ । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद नगरेको स्पष्ट पारेको छ । शुक्रवार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds