काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार ७० रुपैयाँ बोनसको निश्चिततासहित नयाँ जीवन बीमालेख योजनाको घोषणा गरेको छ ।
इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा घोषणा गरेको उक्त योजनामा इन्स्योरेन्सले नोक्सानको अवस्थामा समेत प्रतिहजार बीमाङ्कमा रु ७० बोनस प्रदान गर्ने घोषणा गरेको हो ।
‘सानिमा जीवनश्री’ नाम दिइएको उक्त योजनाकाे अवधि १० वर्ष, १५ वर्ष, २० वर्ष र २५ वर्ष तोकिएको छ । उक्त योजनाको बीमालेख खरिद गर्दा १० बर्षको बीमालेखका लागि ६ वर्ष मात्र भुक्तानी गर्नुपर्नेछ ।
१५ वर्षको बीमालेखका लागि १० वर्ष, २० बर्षे बीमालेखका लागि १५ वर्ष र २५ वर्षे बीमालेखका लागि १८ वर्षमात्र प्रिमियम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको इन्स्योरेन्सले जनाएको छ । तर बीमितले बोनस भने बीमा अवधि बराबरकै प्राप्त गर्नेछन् ।
तपाईंको प्रतिकृया




