पोखराको लेखनाथमा जिप दुर्घटना हुदा १ को मृत्यु

पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ५  जना घाइते भएका छन । जिप सडकबाट फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको  छ । दुर्घटनामा परी गम्भीर घाइतेमध्ये हाल पोखरा–१० बुद्धचोक बस्ने २५ वर्षीय विष्णु राई र दमना गाउँपालिका–९ का ३५ वर्षीय भक्तबहादुर राईको सघन उपचार कक्ष र सामान्य घाइते भोजपुरका ३० वर्षीय म्यान राई, २८ वर्षीय ज्ञानबहादुर राई र ४५ वर्षीय टीकाराम राईको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री