शिखर इन्स्योरेन्सको सीईओमा पुन: पाण्डे, २० वर्षदेखि निरन्तर कार्यकारी प्रमुख

काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिप प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईआेमा पाण्डेलाई पुन: नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उनलाई उक्त पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । पाण्डेसँग बीमा क्षेत्रमा तीन दशकको अनुभव रहेकाे छ ।

शिखर इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले करिब १० वर्ष एभरेष्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम गरेका थिए । यसअघि पाण्डे २०७७ सालको कार्तिक ११ गते कम्पनीको सीईओमा चार वर्षका लागि नियुक्त भएका थिए । पदावधि सकिनै लाग्दा उनी पुनः कम्पनीको सीईओमा नियुक्त भएका हुन् ।पाण्डे विगत २० वर्षदेखि कम्पनीको सीईओका रुपमा रहँदै आएका छन् । उनी २०६१ सालदेखि शिखरको सीईओ छन् ।

Leave a Reply

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफद्वारा लगानी विस्तार, हाइड्रोपावरमा ५० करोड लगानीको सम्झौता

काठमाडौं । बीमा बजारमा अग्रणी स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सले पछिल्लो समय बिभिन्न क्षेत्रमा लगानी …

प्रतिकृया दिनुहॊस